Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालका लागि चीनका राजदूत चेन सोङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेट भएको हो।

भेटका क्रममा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको छ। राजदूत चेन सोङले नेपालको विकास र समृद्धिका लागि चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ अगाडि बढाउने कुरा पनि बताए।

यस भेटले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया