Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा गत २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठन गरिएको आयोगले आफ्नो कार्य पूरा गर्न थप एक महिना समय आवश्यक भएको भन्दै सरकारसँग म्याद थपको माग गरेको छ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा आयोगका पदाधिकारीहरूले छानबिन प्रक्रिया अझै जारी रहेकाले समय अपुग भएको जानकारी गराएका हुन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठन भएको यस आयोगको म्याद सुरुमा तीन महिनाको तोकिएको थियो। आयोगका अध्यक्ष कार्कीका अनुसार विभिन्न व्यक्तिहरूको बयान लिने काम अझै नसकिएकाले थप समय चाहिएको हो।

प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गरिने जानकारी दिएको अध्यक्ष कार्कीले बताएका छन्। आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ। साथै, आगामी साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया