Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा अनुसन्धानमा कुनै किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम निष्कर्ष नआएसम्म आजकै मितिबाट तामाङलाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको उल्लेख छ।

तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार काठमाडौंको कपन क्षेत्रबाट पक्राउ गरेको हो। २०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। यही घटनासँग सम्बन्धित मुद्दामा तामाङविरुद्ध कानुनी कारबाही अघि बढाइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया