Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच आज मंगलबार साँझ सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको वार्ता फलदायी रहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

मन्त्री खरेलका अनुसार दुवै पक्षले आफ्ना कुरा सकारात्मक र सम्मानजनक ढंगले राखेका छन्। आन्तरिक तयारी गर्दै वार्तालाई निरन्तरता दिने र उठाइएका विषय क्रमशः सम्बोधन गर्ने प्रारम्भिक समझदारी बनेको छ। महाअभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बुले पनि वार्ता सकारात्मक भएको बताउनुभयो। उहाँका अनुसार चरणबद्ध संवादमार्फत अभियानका माग समाधान गर्ने सहमति भएको छ।

वार्तामा सरकारतर्फबाट सञ्चारमन्त्री खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी थिए। अभियानतर्फबाट सचिव लिम्बुको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी भए। अधिवक्ताहरू विनोदमणि भट्टराई र लवण न्यौपानेले सहजीकरण गर्नुभएको थियो। आजको वार्तापछि अभियानका संयोजक दुर्गा प्रसाईँसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि छलफल गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया