Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी १२ औं महाधिवेशनमार्फत संस्थाभित्रको आन्तरिक कलह अन्त्य गर्दै ‘बृहत एकता’ को सन्देश दिने तयारी गरेको छ । काठमाडौंमा फेब्रुअरी २३ देखि २५ सम्म हुने महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको अध्यक्ष महेश श्रेष्ठले बताएका छन् ।

विगत चार वर्षमा देखिएको चरम गुटबन्दीले संस्थालाई कमजोर बनाएको स्वीकार्दै अध्यक्ष श्रेष्ठले भने, ‘फुटका कारण सरकार, उद्योगी र आम नागरिकमा हाम्रो विश्वसनीयता गुमेको छ । लगानीको वातावरण र हाम्रा एजेन्डा ओझेलमा परेका छन्। त्यसैले अबको महाधिवेशन एकताको प्रस्थानविन्दु हुनुपर्छ ।’

करिब ९० भन्दा बढी देशमा रहेका राष्ट्रिय समन्वय समिति (एनसिसी) हरूमा देखिएको समानान्तर कमिटी र विवाद हल गर्न निर्वाचन तथा सहजीकरण समिति बनाइने भएको छ । अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरू फिर्ता लिएर वा परराष्ट्र मन्त्रालयमार्फत मेलमिलापको वातावरण बनाएर अघि बढ्ने स्पष्ट पारे ।

गैरआवासीय नेपाली नागरिकतालाई ‘कागजको खोस्टो’ मात्र हुन नदिन यसको व्यवहारिक कार्यान्वयनमा उनले जोड दिएका छन् । जग्गा खरिद-बिक्री, बैंक खाता सञ्चालन र भिसा सम्बन्धी अधिकार सुनिश्चित गर्न आवश्यक परे अध्यादेश ल्याएरै भए पनि निकास खोज्नुपर्ने उनको भनाइ छ । साथै, इराकमा रहेका २० हजारभन्दा बढी श्रमिकको आउजाउको समस्या, पासपोर्ट र दूतावासको प्रभावकारिता बढाउने विषयमा पनि संघ प्रयासरत रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया