Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ। क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद र केन्द्रीय अनुशासन समितिको कारबाही सिफारिस फुकुवालगायत विषयमा छलफल गर्न कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित सभापति देउवालाई भेट्न पुगेका थिए।

भेटका क्रममा कोइरालाले क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बर नभएका फारम जिल्ला–जिल्लामा पठाएको विषय उठाए। यसले देशभर पार्टीभित्र जटिल समस्या सिर्जना गरेको भन्दै उनले सभापति देउवाको गम्भीर ध्यानाकर्षण गराए। कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता बोलाएर नयाँ फारम पठाउन निर्देशन दिन आग्रह गरे। साथै, यस्ता फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने उनको भनाइ थियो।

अनुशासन कारबाहीबारे पनि कोइरालाले छलफल गरे। २०७९ को निर्वाचन गठबन्धनका विषयलाई लिएर अहिले कारबाही गर्नु उचित नभएको भन्दै उनले सबैको कारबाही फुकुवा गरी पार्टीको महाधिवेशन र आम निर्वाचनको तयारीमा खट्न निर्देशन दिनुपर्ने धारणा राखे। आगामी महाधिवेशन नजिकिँदै जाँदा यी विषयले कांग्रेसभित्र तनाव बढेको छ।

तपाईको प्रतिक्रिया