समाचार सुन्नुहोस :
काठमाडौँ – दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको ११औँ महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन्। मंगलबार बिहान उनी भृकुटीमण्डप पुगेकी हुन्। त्यहाँ पुगेपछि उनले एमालेका विभिन्न उम्मेदवारका फोटोसहित उनीहरूको पक्षमा भोट मागेकी छन्।
एमालेको ११औँ महाधिवेशन राजधानीमा शनिबारदेखि जारी छ। भक्तपुरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र र निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा हुँदै आएको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो मतदान हुँदैछ। यही क्रममा ज्योति मगर पनि आफू निकटका उम्मेदवारको प्रचारमा भृकुटीमण्डप पुगेकी हुन्।








