Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ । ट्रान्सपरेन्सीको कार्यसमितिले भण्डारीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता भण्डारीले किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेकी थिइन् । त्यो विषयमा सर्वोच्च अदालतले महान्यायाधिवक्ता भण्डारीलाई कारण देखाऊ आदेश जारी गरेको छ । त्यही विषय देखाएर ट्रान्सपरेन्सी इन्टरनेशनलले उनलाई साधारण सदस्यबाट निलम्बित गर्ने निर्णय गरेको संस्थाका एक पदाधिकारीले जानकारी दिए ।

निलम्बन गरिए पनि निर्णयबारे स्पष्ट पारेर संस्थालाई उपयुक्त लागेमा निलम्बनबारे पुनर्विचार गर्न सकिने संस्थाले उनलाई जानकारी गराएको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया