Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
  • कास्की-पोखरा समाज जापान र कोमागाने सहरबीच आपसी सहकार्यबारे छलफल भएको हो ।

टोकियो – जापानको नागानो प्रान्तस्थित कोमागाने सहर र नेपालको पर्यटकीय नगरी पोखराबीचको दुई दशक लामो सम्बन्धले अब सहकार्यको नयाँ उचाइ लिने भएको छ । हालै कोमागानेमा सम्पन्न एक उच्चस्तरीय छलफलले जापानमा नेपालीपन झल्किने ‘चौतारो’ निर्माण गर्नेदेखि पोखराको स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग जुटाउनेसम्मका महत्त्वपूर्ण निर्णय गरेको हो ।

कास्की पोखरा समाज जापान र कोमागाने सहरका नगर प्रमुख (मेयर) इतो युजोबीच सम्पन्न भेटवार्तामा दुई देशबीचको सामाजिक, स्वास्थ्य तथा मानव संसाधन विकासमा सहकार्य विस्तार गर्ने सहमति जुटेको छ । छलफलमा नेपाल-जापान नागरिक आदान-प्रदान संघ र कोमागानेस्थित नेपाल पुस्तकालयका प्रतिनिधिहरूको समेत विशेष उपस्थिति रहेको थियो ।

पोखरास्थित मातृ शिशु मितेरी अस्पतालको स्तरोन्नति र सहयोगका लागि कोमागाने सहरले जापानको विशिष्ट कर प्रणाली ‘फुरुसातो नोउजे’ (Hometown Tax) र क्लाउड फन्डिङको प्रयोग गर्ने भएको छ । यस अभियानमार्फत संकलित रकम पोखराको स्वास्थ्य सेवा सुधारमा खर्च गरिने योजना बनाइएको छ ।जापानमा बर-पिपलसहितको चौतारो
नेपाली समाजमा थकाई मार्ने र भलाकुसारी गर्ने थलोका रूपमा चिनिने ‘चौतारो’ अब जापानी भूमिमा पनि देखिने भएको छ । छलफलमा कोमागाने सहरभित्र नेपाली पहिचान झल्कने गरी बर र पिपलसहितको ‘नेपाली चौतारो’ निर्माण गर्ने सहमति भएको छ । यो संरचनाले दुई देशबीचको सांस्कृतिक सामिप्यता र मित्रतालाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ । साथै, केयरगिभर आदान-प्रदान कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि दुवै पक्ष सकारात्मक देखिएका छन् ।

सन् २००१ अप्रिल १८ मा ‘अन्तर्राष्ट्रिय सहयोग मैत्री सहर’ का रूपमा मितेरी सम्बन्ध गाँसेका पोखरा र कोमागानेबीचको सम्बन्ध निकै पुरानो छ । पोखरामा ‘कोमागाने-पोखरा फ्रेन्डसिप पार्क’ निर्माण भइसकेको छ भने जाइका र विद्यार्थी आदान-प्रदानमार्फत शैक्षिक तथा प्राविधिक सहयोग निरन्तर चलिरहेको छ ।कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष तथा कास्की पोखरा समाजका संरक्षक रोबिन शेरचन, समाजका अध्यक्ष कमल बाँस्तोला, उपाध्यक्ष बिसु भण्डारी तथा निवर्तमान अध्यक्ष सन्देश अधिकारीलगायतले पोखरा र कोमागानेबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

 

तपाईको प्रतिक्रिया