समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेर एक तोला २ लाख ५८ हजार नाघेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य २ हजार २०० रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको हो।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ३ हजार ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा पुगेको थियो।
यता चाँदीको मूल्य भने घटेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला चाँदी ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।








