Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्ने भएका छन्। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल अपराह्न ४ बजे सुरु हुनेछ।

अंकतालिकामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा पुगेका हुन्। आजको खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा ७७ रनले पराजित भएपछि विराटनगर दोस्रो क्वालिफायर खेल्ने भयो। आज एलिमिनेटरमा हार्ने टोली भने प्रतियोगिताबाटै बाहिरिनेछ।

दुवै टोली आज जितका लागि आक्रामक रणनीतिसहित मैदानमा उत्रिनेछन्। लिग चरणमा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो। लुम्बिनीले पहिलो खेल जिते पनि त्यसपछि तीन खेलमा हार बेहोरेको थियो। तर अन्तिम तीन खेल लगातार जित्दै प्लेअफ प्रवेश गरेको हो। सात खेलमध्ये चारमा जित र तीनमा हारका साथ ८ अंक ल्याएर लुम्बिनी चौथो स्थानमा रह्यो।

काठमान्डुले पाँच खेल जित र दुईमा हारसँगै १० अंक बटुलेर तेस्रो स्थान हासिल गरेको हो। विराटनगरसँग समान १० अंक भए पनि नेट रनरेट कमजोर भएपछि काठमान्डु तेस्रो स्थानमा झरेको थियो।

 

 

तपाईको प्रतिक्रिया