Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – गलकोट स्पोर्टस् क्लव जापानको छैठौं अधिवेशन आज टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले रमेशकुमार खत्रीको अध्यक्षतामा र्सबसम्मत नयाँ कार्यसमिति गठन गरेको छ ।

निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीका अनुसार गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश खत्री, उपाध्यक्षहरुमा दिनेश थापा, सुरज केसी, असिम बस्नेत र खिम निउरे चयन भएका छन् । यसैगरी महासचिवमा नारायण थापा सचिवद्वयमा पवन शर्मा र किरण गौतम, कोषाध्यक्षमा कुशल भण्डारी, सहकोषाध्यक्षद्वयमा दिपक क्षेत्री खिम र पवन क्षेत्री चयन भएका छन् । यसैगरी बिजय बस्नेतले खेल संयोजक र झकबहादुर बस्नेतले लेखा संयोजकको जिम्मेवारी पाएका छन् भने सदस्यहरुमा प्रेम पुन, शितल कार्की, राजु क्षेत्री, रोशन बस्नेत बेलु, कृष्ण बोहोरा र बिशाल क्षेत्री चयन भएका छन् ।

क्लवका अध्यक्ष दुर्गाबहादुर खत्रीको सभापतित्व र गलकोट समाजका अध्यक्ष रत्नसिंह बस्नेतको प्रमुख आतिथ्यतामा भएको अधिवेशन समारोहमा उपाध्यक्षर् इश्वर बस्नेतको स्वागत मन्तब्य रहेको थियो । 

समारोहमा एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष तिलक मल्ल, पर्वत समाज जापानका अध्यक्ष राम बाँस्तोला, धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ, बिहुँकोट समाज जापानका उपाध्यक्ष रामु कँडेल, क्लवका सल्लाहकार रामकृष्णबम मल्ल लगायतले अधिवेशन सफलताको कामना गर्दै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।
बोल्ने वक्ताहरुले खेलकुदको माध्यमबाट युवाहरुमा निहित क्षमता उजागर गर्नुका साथै अनुशासित र मर्यादित समाज निर्माणमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले खेलकुदको आयोजना भडि्कलो, र खर्चिलो हुँदै गएको तर्फचिन्ता ब्यक्त गर्दै व्यवसायिक हेतुले नभई खेलकुद पारस्परिक मेलमिलाप, भाइचारा र नेपाली एकताका लागि हुनुपर्नेमा जोड दिए । खेलकुद भन्दाबित्तिकै भलिबल मात्रै नभएर अन्य खेलका संभावना बारेमा पनि केलाउनुपर्ने सुझाव दिए । यसैगरी वक्ताहरुले जापानमा पछिल्लो समयमा विदेशी नागरिकप्रति जापानीहरुको नकारात्मक भावना बढिरहेको सर्न्दर्भमा आ-आफ्नो ठाउँबाट समुदायलाई सचेत र सजग बनाउन समाजका जिम्मेवार व्यक्तिहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

अधिवेशन समरोहमा जापानमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रही नेपाली भाषा, साहित्य, कला, सँस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सूचना, सञ्चार एवं सचेतनाको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ललाई सम्मान गरिएको थियो । यसैगरी क्लवका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिरा शेरचन, क्लवका सल्लाहकार तथा टिम कोच अम्मर भण्डारी र क्लवमा सक्रिय सदस्य दीपक क्षेत्री ँखिमँ लाई पनि खेलकुद क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि सम्मान गरिएको थियो । अधिवेशन समारोहमा महासचिव दिनेश थापाको सञ्चालन रहेको थियो ।

तपाईको प्रतिक्रिया