समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नभएको बताएका छन्। उनले मंगलबार काठमाडौँमा आयोजित जनसभामा बोल्दै सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नरहेको र नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको स्पष्ट गरे।
उनका अनुसार यस विषयमा राजासँग पनि छलफल भइसकेको छ। “नेपालीका छोराछोरीले देश चलाउने हो, राजसंस्थाले अभिभावकको भूमिका निभाउने हो,” उनले भने।
डा. जबराले सनातन हिन्दू अधिराज्य कायम गर्नुपर्ने र त्यसका लागि जनचेतना फैलाउनुपर्नेमा पनि जोड दिए। साथै, सबैलाई समेट्ने ठूलो मनको सरकार आवश्यक रहेको बताए।








