Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशभरका सबै भन्सार कार्यालय आजदेखि ठप्प भएका छन्। भन्सार एजेन्ट महासंघको आह्वानमा भन्सार जाँचपास रोकिएपछि सबै किसिमका मालवस्तुको आयात–निर्यात बन्द भएको हो।

महासंघले केही समयअघि संसदले पारित गरेको भन्सार ऐन अन्यायपूर्ण भएको भन्दै यसलाई संशोधन गर्न माग गर्दै आएको थियो। तर धेरै प्रयास–सम्पर्क गर्दा पनि सरकारको ध्यान नपुगेपछि जाँचपास अवरुद्ध गरेर दबाब दिनुपरेको महासंघले जनाएको छ।महासंघले भन्सार ऐनका अव्यवहारिक प्रावधान, भन्सार सर्भरमा देखिने लगातार समस्या र पेशागत हकहितका मुद्दालाई उठाउँदै चरणबद्ध आन्दोलन अन्तर्गत पेनडाउन सुरू गरेको बताएको छ।

विशेषगरी दफा ७१ (झ) मा कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दा अनिच्छित रूपमा हुने साना गल्तीमै पनि जरिवाना लगाउने प्रावधानप्रति महासंघको आपत्ति छ। यसअघि सोमबार महासंघले वीरगञ्ज भन्सार कार्यालयमा पेनडाउन आन्दोलन गरेको थियो।

 

 

तपाईको प्रतिक्रिया