टोकियो – जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार अबेर राति ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पको धक्का लगत्तै जापानको मौसम विज्ञान निकायले तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ । निकायले विशेषगरी होक्काइडोका साथै आओमोरी र इवाते प्रान्तका तटीय इलाकाहरूमा सुनामीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
भूकम्पको प्रारम्भिक मापन ७.६ म्याग्निच्युड रहेको बताइएको छ । क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।








