Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ। गत सातादेखि लगातार घटिरहेको शेयर बजारले आज आइतबार पनि त्यही क्रम जारी राखेको छ।

आइतबार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ विन्दु मा बन्द भयो। सेन्सेटिभ इन्डेक्स २.७० अंक, फ्लोट इन्डेक्स १.५७ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१४ अंक ले घटेका छन्। आइतबार ३२५ कम्पनीका १ करोड ७ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन कारोबार ५ अर्ब २३ करोड रुपैयाँ थियो।

बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ—

  • स्वस्तिक लघुवित्त

  • श्रीनगर एग्रीटेक इन्डस्ट्रीज

  • झापा इनर्जी

यता, बुँगल हाइड्रो को शेयरमूल्य ८.५१ प्रतिशतले घटेको छ। आइतबारका कारोबारमा सबै १३ उपसमूहका सूचक घटेका छन्। सबैभन्दा धेरै जलविद्युत उपसमूह १.२२% ले झरेको छ। त्यस्तै वित्त, होटल–पर्यटन, लघुवित्त र व्यापार उपसमूहका सूचक पनि १% भन्दा बढी घटेका छन्।

कारोबार रकमको आधारमा:

  • सागर डिस्टिलरी : ४३ करोड ६९ लाख

  • ङादी ग्रुप पावर : करिब ३२ करोड ५० लाख

  • बन्दीपुर केबलकार एण्ड टुरिजम : करिब १५ करोड

यिनै तीन कम्पनीहरू उच्च कारोबार भएको छ।

तपाईको प्रतिक्रिया