समाचार सुन्नुहोस :
काठमाडौँ – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ले आफ्नो पार्टीले आगामी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् । काठमाडौँको सिफलमा आयोजित सभामा सम्बोधन गर्दै साम्पाङले यस्तो दाबीगरेका हुन्। उक्त कुरा आफूहरूले घोषणापत्रमा नै लेखेको साम्पाङको भनाइ छ ।
‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो भने हाम्रो विचार अनुसारको राज्य पनि हुनुपर्छ भन्ने हो । त्यसकारण हामीले घोषणापत्रमै लेखेका छौँ,’ साम्पाङले भने, ‘हामीले नै जित्छौँ, कुनै शंका छ ? हामीले नै जित्छौँ, हामीले नै सरकार गठन गर्छौँ ।’
साम्पाङले आफूहरू नेतृत्वमा बनेको सरकारले जेन जेडका माग सम्बोधन गर्न विशेष आयोग गठन गर्ने योजना पनि रहेको बताए।








