समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–३ बाट सर्वसम्मत रूपमा सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनलाई एकल नाम रूपमा सिफारिस गर्ने निर्णय गरेसँगै, उनी यसपटक कांग्रेसका तर्फबाट सर्वसम्मत सिफारिस हुने देशभरकै पहिलो नेता बनेका छन्।
यो निर्णयले मोरङ–३ मा डा. शर्माप्रति रहेको विश्वास र प्रभाव स्पष्ट देखाएको बताइएको छ। यसअघि कांग्रेस केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित अधिकतम तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।
तर मोरङ–३ मा डा. शर्मा बाहेक अन्य कुनै नेताले दाबी पेस नगरेपछि, क्षेत्रीय समितिले उनको मात्रै नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।








