समाचार सुन्नुहोस :
काठमाडौँ – आफ्नै चार महिनाको छोराको हत्या गरेको आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन्।
काठमाडौँको सिनामंगलमा घटना गराएर भागेको अवस्थामा उनलाई नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार, कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार असई कार्कीले सिनामंगलस्थित आफ्नो कोठामा छोराको ज्यान लिएको आशंका छ। यसका पछाडिको कारण भने अनुसन्धानपछि मात्र खुल्ने जनाइएको छ।








