Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – जापानको राजधानी टोकियोस्थित सुमिदा वडामा हृदयविदारक घटना सार्वजनिक भएको छ । त्यहाँको एक यौनकर्मी (कल-गर्ल) सेवा प्रदायक कार्यालयको फ्रिजभित्र शिशुको काटिएको टाउको, हात र खुट्टाहरू फेला परेको महानगरीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे कार्यालयका एक पुरुष कर्मचारीले फ्रिज सफा गर्ने क्रममा शिशुको टाउको जस्तो देखिने वस्तु फेला पारेपछि आपतकालीन फोन (इमर्जेन्सी कल) गरेका थिए । खबर पाएलगत्तै एक बहुतले भवनमा रहेको उक्त कार्यालयमा पुगेको प्रहरी टोलीले कोठाको मिनि-रेफ्रिजेरेटरको फ्रिजर बक्समा शिशुको शरीरका टुक्राहरू बरामद गरेको थियो ।

प्रहरी विवरणअनुसार शिशुको टाउको प्लाष्टिकको झोलामा बेरिएको अवस्थामा थियो भने हात र खुट्टाहरू प्लाष्टिकको खानेकुरा राख्ने बट्टा (फुड कन्टेनर) भित्र राखिएको थियो । प्रहरीले हालसम्म शिशुको शरीरको मुख्य भाग भने फेला पार्न सकेको छैन ।

बरामद गरिएका अंगहरू केही महिनाको शिशुको भएको अनुमान गरिएको छ, यद्यपि शिशुको लिंग भने खुल्न सकेको छैन । प्रहरीले यस घटनालाई शव विच्छेदन र शवलाई बेवारिसे अवस्थामा फालेको अभियोगमा गम्भीर अनुसन्धान अघि बढाएको छ ।

घटनास्थल किन्सिचो स्टेसन नजिकैको व्यस्त बजार क्षेत्रमा पर्छ । नजिकैको रेष्टुरेन्टमा काम गर्ने ३५ वर्षीय एक पुरुषले भने, ‘म राति १० बजे काममा आउँदा प्रहरीले उक्त स्थान घेराबन्दी गरेको देखेँ र अचम्ममा परेँ । त्यो ठाउँ यौनकर्मी महिलाहरूको प्रतिक्षालय (वेटिङ रूम) का रूपमा प्रयोग हुने गर्थ्यो र मैले अक्सर त्यहाँ महिलाहरू आउने-जाने गरेको देख्थेँ ।’

तपाईको प्रतिक्रिया