समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्र छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका जनार्दन शर्मा ‘प्रभाकर’ले विरोधको सामना गरेका छन्।
रुकुमका केही कार्यकर्ताहरूले उनलाई कालो झण्डा देखाएका छन्। सम्भावित अप्रिय स्थिति रोक्न सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ।
शर्मा आज बिहान नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट खलंगामा अवतरण गरेका थिए। विमानस्थलबाट बाहिरिँदै गर्दा केही युवाले उनको विरोधमा कालो झण्डा देखाएका थिए।








