समाचार सुन्नुहोस :
काठमाडौँ – अभिनेत्री पूजा शर्मा वैवाहिक सम्बन्धमा बाँधिएकी छन्। उनले प्रेमी युद्ध बानियाँसँग विवाह गरेकी हुन्। शनिबार भक्तपुरको साँगामा रहेको पाँचतारे होटलमा उनीहरूको विवाह समारोह सम्पन्न भएको हो।
पूजा र युद्ध करिब ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए। पूजाले मेहेन्दी कार्यक्रम भने आफ्नै झम्सिखेलस्थित ट्याग नामक रेस्टुरेन्टमा गरेकी थिइन। विवाह समारोहमा पूजा र युद्धको परिवार, चलचित्रकर्मीहरु र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।








