Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ। बिहीबार यो मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि आज ७० रुपैयाँले घटेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा थियो भने आज घटेर ३ हजार ५५५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार २४० अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ डलरमा कारोबार भइरहेको छ।

 

 

तपाईको प्रतिक्रिया