समाचार सुन्नुहोस :
काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा ११७ राजनीतिक दल सहभागी हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार देशभर १४३ दल अद्यावधिक भएका छन् तर तीमध्ये २६ दलले अद्यावधिक गरे पनि चुनावमा भने भाग लिने छैनन्।
आयोगले दर्ता भएका तर आगामी प्रतिनिधिसभा चुनावमा सहभागी नहुने दलहरूको सूची पनि सार्वजनिक गरेको छ। आगामी प्रतिनिधिसभाको चुनावमा भाग नलिने राजनीतिक दलहरू निम्न रहेका छन्:
- चुरेभावर लोकतान्त्रिक पार्टी
- बहुजन समाज पार्टी नेपाल
- पुनर्जागरण पार्टी नेपाल
- नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली)
- नेपाल विवेकशील पार्टी
- नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
- नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक
- नेसनलिस्ट पिपल्स पार्टी
- माओवादी जनमुक्ति पार्टी नेपाल
- माओवादी कम्युनिस्ट पार्टी नेपाल
- राष्ट्रिय समाजवादी पार्टी नेपाल
- आम आदमी पार्टी नेपाल
- नेपालवाद
- राष्ट्रिय एकता मञ्च
- नेपा राष्ट्रिय पार्टी
- जनराष्ट्रवादी पार्टी
- बहुजन समाज पार्टी नेपाल
- समाजवादी कांग्रेस
- शिवसेना नेपाल
- मधेशी जनअधिकार फोरम मधेश
- नेपाल राष्ट्रवादी पार्टी
- जनसेवा लोकतान्त्रिक पार्टी
- आधुनिक नेपाल समाजवादी पार्टी
- मधेश तराई फोरम
- नेपाली ग्रिन्स पार्टी
- राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी








