Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – टोकियोको शिबुया स्टेशन अगाडि सञ्चालन हुने नयाँ वर्ष काउन्टडाउन कार्यक्रम यस वर्ष रद्द गरिएको शिबुया वर्डले बुधबार घोषणा गरेको छ । अधिकारीहरूले नयाँ वर्षको अघिल्लो रात स्टेशन र प्रसिद्ध स्क्रयाम्बल क्रसिङ वरिपरि ठूलो भीड जम्मा हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

शिबुया मेयर केन हसेबेले भने, “शिबुयाको आकर्षण अनुभव गर्न यति धेरै मानिसहरू आउनु खुशीको कुरा हो, यसले शिबुयालाई ऊर्जा र उत्साहले भरिदिन्छ । सुरक्षित र सुव्यवस्थित समुदाय बनाउन, सडकमा मदिरा सेवनले उत्पन्न गर्न सक्ने अवाञ्छित व्यवहार तथा भीड–सम्बन्धी घटनाप्रति हामी निरन्तर सतर्क रहनेछौँ।”

उनका अनुसार, यिनै कारणले शिबुया काउन्टडाउन कार्यकारी समितिले यस वर्षको काउन्टडाउन कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो।

मेयर हसेबेले नयाँ वर्षको रात शिबुया स्टेशन वरपर सुरक्षा कडा गरिने बताउँदै, प्रहरी, सार्वजनिक यातायात प्रदायक तथा स्थानीयवासीसँग सहकार्य गरेर भीड व्यवस्थापन र सम्भावित दुर्घटना रोक्न काम गरिने जानकारी दिए । साथै सुविधा स्टोर तथा मदिरा बेच्ने व्यवसायहरूलाई रातिको समयमा मदिरा बिक्री नगर्न अनुरोध गरिएको छ।

शिबुया वर्डले गत वर्ष अक्टोबरदेखि शिबुया स्टेशन वरपर रातिको समयमा मदिरा सेवन वर्षभरि नै पूर्ण प्रतिबन्ध लागू गरेको छ, यसको प्रमुख उद्देश्य भनेको सडकमा हुने अवाञ्छित व्यवहार तथा भीडजन्य जोखिम कम गर्नु हो । 

सुरक्षित वातावरण सुनिश्चित गर्नका लागि डिसेम्बर ३१ (बुधबार) बिहान ६ बजेदेखि जनवरी १ (बिहीबार) बिहान १ बजेसम्म हाचिको प्रतिमाको वरिपरि अस्थायी बार लगाइनेछ ।

त्यसैगरी, सञ्चारमाध्यमहरूलाई डिसेम्बर ३१ साँझ ७ बजेदेखि जनवरी १ बिहान १ बजेसम्म निर्धारण गरिएको प्रेस क्षेत्र हाचिको स्क्वायर (हाचिको प्रतिमा वरिपरि) र शिबुया स्टेशनको Exit A6a अगाडि—बाट मात्र रिपोर्टिङ गर्न अनुरोध गरिएको छ। ****

तपाईको प्रतिक्रिया