Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेन–जी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थितिमा राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनःस्थापनाका लागि दबाबमूलक आन्दोलन अघि बढाउने भएको छ। राजा र जेन–जीसहित नयाँ समझदारी आवश्यक रहेको बताउँदै पार्टीले सडक आन्दोलनको घोषणा गरेको छ।

आन्दोलनको सम्पूर्ण तयारी र रणनीति बनाउने जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीलाई दिइएको छ। यसका लागि राप्रपाले विशेष आन्दोलन परिचालन समिति गठन गरेको छ। जसको संयोजकमा शाहीलाई नियुक्त गरिएको हो। जिम्मेवारी पाएकोमा शाहीले अध्यक्षसहित पार्टी नेतृत्वलाई धन्यवाद व्यक्त गरेका छन्।

आगामी २३ गते काठमाडौंमा हुने राप्रपाको बृहत् प्रदर्शन तथा देशभरि गर्ने कार्यक्रमसमेत शाहीकै संयोजनमा हुनेछ। अध्यक्ष राजेन्द्र लिङदेनले समितिको औपचारिक पत्र शाहीलाई बुझाएका छन्। समितिमा प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रवीन्द्र प्रताप शाह र सह–महामन्त्री धनबहादुर बुढा सदस्य छन्।

तपाईको प्रतिक्रिया