Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग जापानले आफ्नो ‘दोस्रो ऐतिहासिक राष्ट्रिय अधिवेशन’ भव्यताका साथ सम्पन्न गर्ने तयारी गरेको छ । पार्टीका कार्यवाहक सभापति एवम् पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्याल प्रमुख वक्ता रहने अधिवेशन टोकियोमा यहि डिसेम्बर ७ तारिख आइतबारका दिन हुने भएको हो ।

‘परिवर्तनमा तपाई – हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अधिवेशनले प्रवासमा रहेका नेपालीहरूको हकहित र राष्ट्र निर्माणमा उनीहरूको भूमिकालाई केन्द्रित गर्ने आयोजकले जनाएको छ । अधिवेशनमा विशेष वक्ताका रूपमा पार्टीका केन्द्रीय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उप-प्रमुख अर्जुन अधिकारीको  उपस्थिति रहनेछ ।

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका अनुसार, यो अधिवेशन केवल सांगठनिक विस्तार मात्र नभएर जापानमा रहेका नेपाली समुदायको समस्या पहिचान गर्ने र ‘रेमिट्यान्स’ पठाउने वर्गलाई राज्यको नीति निर्माण तहमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहनेछ ।

मिति, समय र स्थान:

अधिवेशन आगामी २०८२ मंसिर २१ गते (सन् २०२५ डिसेम्बर ७) आइतबारका दिन हुनेछ ।

तपाईको प्रतिक्रिया