समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ। अख्तियारले अधिकारीसँगै क्यानका पूर्वमहानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ।
भक्तपुरको नलिन्चोकमा भएको हेलिकप्टर दुर्घटनासम्बन्धी भ्रष्टाचार मुद्दा दर्ता गर्ने प्रक्रियाअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको आयोगले जनाएको छ। हाल उनीहरूलाई थप म्यादका लागि विशेष अदालत लगिएको आयोग स्रोतले जानकारी दिएको छ।








