Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन्। राप्रपाले उनलाई बर्खास्त गर्न सिफारिस गरेपछि उनी पार्टी सदस्यता, सांसद र मन्त्री—सबै पदबाट हटेकी हुन्।

कार्य परामर्श समितिमा भएको सहमतिअनुसार मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने भएकाले पदमुक्तिको औपचारिक सूचना भने बिहीबार टाँस गरिने बताइएको छ। हाउस कल भएको दिन सांसदलाई हटाउन नसकिने प्रावधानका कारण सूचनामा एक दिन ढिलाइ भएको हो।

बिच्छा कात्तिक २४ गते सरोज कुमार यादव सरकारमा वन मन्त्री बनेकी थिइन्। पार्टीले सरकारबाट फर्किन निर्देशन दिए पनि उनले मानिनन्। त्यसपछि राप्रपाले उनलाई स्पष्टीकरण सोधेको थियो। उनले जवाफ नदिएपछि पार्टीले उनी साधारण सदस्यसमेत नरहने गरी सांसद फिर्ता बोलाउने निर्णय गर्‍यो। यससँगै बिच्छाको मन्त्री र सांसद दुवै पद अन्त्य भएको छ।

 

 

तपाईको प्रतिक्रिया