Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलभित्रै ज्यान गएको हल्ला फैलिँदा देशमा तनाव बढेको छ। खानका छोराले उनलाई जेलभित्र कुटपिट गरिएको दाबी गर्दै भेट्न अनुमति मागेका थिए, तर सेनाले हप्तौँदेखि भेट अनुमति दिएको छैन। यही अवस्थामाझ अफगानिस्तान टाइम्स नामक एक्स ह्यान्डलबाट शुरू भएको हल्लाको भने स्वतंत्र पुष्टि भएको छैन।

खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले विरोध कार्यक्रम घोषणा गरेसँगै सुरक्षा अवस्था थप कडा बनाइएको छ। प्रशासनले इस्लामावाद र रावलपिण्डीमा भोलिसम्मका लागि धारा १४४ लागू गरेको छ, जसले विरोध प्रदर्शन र पाँचभन्दा बढी व्यक्तिको भेला प्रतिबन्धित गर्छ।

गएको हप्तामा खानलाई भेट्ने आठौँ प्रयास पनि असफल भएपछि खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले जेल बाहिर धर्ना दिएका थिए। यसैबीच खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथले छोराहरूसमेत भेट्न नपाएको स्थिति र अन्तर्राष्ट्रिय समुदायको मौनताप्रति चिन्ता व्यक्त गर्दै खानको अवस्थाबारे जानकारी सार्वजनिक गर्न माग गरेकी छन्। ७२ वर्षीय खान २०२३ देखि विभिन्न भ्रष्टाचार मुद्दामा जेलमा छन्।

 

 

तपाईको प्रतिक्रिया