Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – नेपाल पत्रकार महासंघ जापान शाखाको अघिल्लो साता सम्पन्न छैठौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई आइतबार एक समारोहकाबीच शपथग्रहण गराउनुका साथै पदभार हस्तान्तरण गरिएको छ ।

नवगठित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक खगराज गौतमले शपथग्रहण गराएका थिए भने निवर्तमान अध्यक्ष शान्त पहरीले नवगठित कार्यसमितिका अध्यक्ष रविन्द्र श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका थिए ।

निर्वाचन समितिका संयोजक गौतमको सभापतित्वमा भएको शपथग्रहण तथा पदभार हस्तान्तरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले कठिन परिस्थितिका बावजुद पनि जापानका नेपाली पत्रकारहरुको सक्रियता र क्रियाशिलता सह्रानीय रहेको विचार ब्यक्त गरिन् । उनले भनिन् -‘प्रवासमा रहेर गरिने प्रवास पत्रकारिता अवश्य पनि चुनौतीपूर्ण छ, तथापि पत्रकारहरुले पालना गर्नैपने पत्रकार आचारसंहिता बारे भने सबै सजग हुनैपर्छ |’ 

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्वअध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए । समारोहमा निर्वाचन समितिका सदस्य खड्गसिंह गुरुङको स्वागत मन्तब्य रहेको थियो भने निर्वाचन समितिका अर्का सदस्य पूर्ण चलाउनेले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैगरी सोही दिनको दोस्रो सत्रमा ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सो अवसरमा बोल्दै महासंघकी अध्यक्ष शर्माले प्रवासमा काम गर्ने पत्रकारहरूले तथ्यपरक सूचना, पेशागत आचारसंहिता र सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएकी थिईन् ।

यसैबीच, सोही दिन बसेको महासंघ जापान शाखाको पहिलो बैठकले संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्वअध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहारी र अध्यक्षका प्रत्याशी राजन गौतमलाई सल्लाहकारमा चयन गरेको छ । बैठकले महासंघलाई जापानमा विधिवतरुपमा दर्ता गर्ने, महासंघ जापान शाखालाई अझ क्रियाशील र चलायमान बनाउन नेपालीहरूको बाक्लो उपस्थिति रहेका तीन सहरमा ‘मिडिया समन्वय समिति’ गठन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले पत्रकारिता पुरस्कार स्थापना गर्ने, पत्रकार कल्याण कोष स्थापना गर्ने लगायतका निर्णयहरु पारित गरेको महासंघ जापान शाखाका सचिव अर्जुन लामिछानेले जानकारी दिए ।***

तपाईको प्रतिक्रिया