समाचार सुन्नुहोस :
काठमाडौँ – आगामी फागुन २१ गते घोषित प्रतिनिधिसभा निर्वाचनका लागि १ सय २६ दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार मंसिर १ गतेदेखि १४ गतेसम्म दलहरूले चुनावमा सहभागिताका लागि दर्ता निवेदन बुझाएका हुन्। आयोगमा दर्ता भएका १४३ वटा दलमध्ये २३ वटाले भने निवेदन दिएनन् । जेन-जी आन्दोलनपछि दर्ता भएका २५ नयाँ दलमध्ये करिब २० वटा दलले मात्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिएका छन्।
यद्यपि, करिब ११ नयाँ दलले कागजात अपुरो भएका कारण दर्ता हुन सकेनन् तसर्थ उनीहरू चुनावमा भाग लिन नपाउने भएका छन्। आवश्यक कागजात पुर्याउने दलमध्ये नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी), धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलगायत रहेका छन्।
यसैबीच, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल चिन्हमा चुनाव लड्ने गरी आयोगमा निवेदन दिएका छन्।








