Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेलमा आज विश्राम दिइएको छ। भोलि मङ्गलबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा दुई खेल हुनेछन्।

भोलि बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन्। लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले प्लेअफमा रहने सम्भावना बचाइराख्न यो खेल जित्नैपर्ने अवस्थामा छ। चार खेलमध्ये दुई खेल जितेको चितवनले भने भोलिको खेल जितेर प्लेअफको मौका थप बलियो बनाउने लक्ष्य राखेको छ।

अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। दुबै टोलीका लागि यो खेल प्लेअफमा पुग्न अत्यन्त महत्वपूर्ण छ। चार खेलमा एक जीत मात्र रहेको पोखराले जित निकाल्न सके प्लेअफ यात्रा सहज हुनेछ, जबकि कर्णालीका लागि यो खेल ‘गर या मर’ समान बनेको छ।

मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन्। सुदूरपश्चिम रोयल्स अपराजित रहँदै १० अंकसहित प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको छ।

 

 

तपाईको प्रतिक्रिया