समाचार सुन्नुहोस :
काठमाडौँ – निर्वाचन आयोगले आह्वान गरेको अनुसार आज चुनावमा भाग लिन दल दर्ताको अन्तिम दिन हो। प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले मंसिर १ देखि १० गतेसम्म दर्ता अवधि तोकेको थियो। तर त्यसमा चार दिन थपिएको थियो। सोही थपिएको समयावधि आज सकिँदै छ।
अस्ति शुक्रबारसम्म आयोगमा दर्ता भएका दलको संख्या १०८ पुगेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कांग्रेस, एमालेसहित १०८ दल चुनाव प्रयोजनका लागि दर्ता भइसकेका छन्। आज पनि केही दल थपिन सक्ने अनुमान गरिएको छ।
दर्ता भएका सबै दलले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन पाउनेछन्।








