समाचार सुन्नुहोस :
काठमाडौँ – लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्ति विवादमा आएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्पष्टीकरण सार्वजनिक गरेकी छन्। मुस्लिम समुदाय र ऐतिहासिक प्रसङ्गबारे राखिएको धारणा आलोचनामा परेपछि उनले आइतबार सामाजिक सञ्जालमार्फत प्रष्टोक्ति दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले आफ्नो भनाइ कुनै समुदायलाई चोट पुर्याउने उद्देश्य न रहेको बताएकी छन्। उनले भनेकी छन्, ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्। कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन।’
समाजमा गलत बुझाइ र उत्तेजना नफैलिने गरी अभिव्यक्ति बुझ्न आग्रह गर्दै उनले थपेकी छन्, “सबै धर्मप्रति मेरो समान सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैलाई विनम्र अनुरोध गर्दछु।”








