Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको आईताबार हुने चौथो अधिवेशनका लागि गठन गरिएको निर्वाचन समितिले उम्मेदवारहरुको शनिबार अन्तिम नामावली सार्वजनिक गरेको छ । समितिका अनुसार अधिवेशनका विभिन्न पदहरूमा मनोनयन दर्ता भएका उमेदवारमध्ये धेरैजसो पदमा निर्विरोध चयन हुने भएका छन् ।

निर्वाचन समितिद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार अध्यक्ष पदका लागि समुन्द्रराज पौडेल, शान्ता जि सी, खेमराज पौडेल र अमित सापकोटा गरी ४ जनाको उम्मेदवारी परेकोमा अमित सापकोटाले उम्मेदवारी फिर्ता लिएको जनाईएको छ । 
त्यस्तै, प्रथम उपाध्यक्ष पदमा सोना केसी, द्वितीय उपाध्यक्षमा प्रेमकुमार बस्नेत, महिला उपाध्यक्षमा शिवा केसी, सचिवमा अर्जुन सुबेदी र सहसचिवमा दिपक कँडेल ‘सफल’ को एकल उम्मेदवारी परेकोले निर्विरोध चयन हुने भएका छन् । यस्तै कोषाध्यक्ष पदमा बिशाल क्षेत्री र सहकोषाध्यक्षमा बिष्णुहरि कँडेल पनि निर्विरोध हुने भएका छन । 

प्रतिष्ठानको सदस्य पदमा बाला दुरा, मेघराज सापकोटा, गोकुल सापकोटा, सुरेन्द्र लाम्गाडे, तुल्सा सापकोटा, रेशम सुनार, सिर्जना कुँवर, रबिन देबकोटा, दुर्गेश कार्की, रामशरण रसाईली, बिबेक काफ्ले (विकास) र जुना गौतम निर्विरोध हुने भएका छन ।

निर्वाचन समितिमा ऋषिराम कँडेल संयोजक रहेका छन् भने ऋषिराम पौडेल र दिपेश केसी सदस्य छन् । निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेसँगै अधिवेशनका सबै प्रक्रिया तोकिएको समयसीमाअनुसार अघि बढ्ने जनाईएको छ।*** 

तपाईको प्रतिक्रिया