समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले) की सचिव तथा ११औँ महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले पार्टीको वर्तमान नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको बताएकी छन्। च्यासलस्थित पार्टी कार्यालयमा बसेको प्रचार समितिको बैठकमा उनीहरूले अहिलेको संवेदनशील परिस्थितिमा ओली नै उपयुक्त नेता भएको स्पष्ट पारिन्।
उनका अनुसार महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको बहस बढेपनि अध्यक्षका रूपमा ओलीलाई पुनः अनुमोदन गर्ने वातावरण बनेको छ। उनले पार्टीभित्र सुदृढ एकता, आन्तरिक समन्वय र संगठनको मजबुती अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरिन्।
अर्यालले मुलुक गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको बताउँदै, संविधान जोगाउन र राष्ट्रको हित रक्षा गर्न सक्षम तथा एकताबद्ध एमाले आवश्यक रहेको जोड दिइन्। उनका अनुसार वर्तमान चुनौती समाधान गर्न स्थिर नेतृत्व अनिवार्य छ। यसै कारण पार्टीमा सहमतिमै ओलीको अध्यक्षतामा एकमत्य नेतृत्व बन्ने विश्वास व्यक्त गरिन्।








