समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीले दिएको एकीकरण प्रस्तावलाई सर्वसम्मत सहर्ष स्वीकार गरेको जनाएको छ। पार्टीका प्रवक्ता मनिष झालका अनुसार, केन्द्रीय समितिको विशेष बैठकले मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा गर्ने निर्णय गरेको छ।
रास्वपाले असल शासन, सुशासन र समृद्धि बढाउने उद्देश्यसहित परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्तिसँग सहकार्य र संवाद अझ मजबुत बनाउनुपर्ने निर्णय गरेको छ।
प्रवक्ता झाले भने, ‘असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूसँग मुद्दागत र साङ्गठनिक सहकार्यका पृथक् विधिहरू अवलम्बन गर्दै संवाद प्रक्रियालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको उच्च संवाद समितिलाई केन्द्रीय समितिले दिएको निर्देशन अनुरूप पार्टी सचिवालयले गठन गरेको संयन्त्र सङ्घीय नेतृत्व मञ्च अनुमोदित भएको छ।’








