समाचार सुन्नुहोस :
काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई खेल हुँदैछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछन्।
पहिलो खेल ११:४५ बजे सुरु हुनेछ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चारमध्ये एक खेल मात्र जितेको छ। त्यस्तै, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल जित्न सकेको छ। लुम्बिनी सातौँ र पोखरा छैटौँ स्थानमा छन्। प्लेअफको आशा कायम राख्न दुवै टोलीका लागि आजको खेल जित्नै पर्ने दबाब छ।
अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा जनकपुर र सुदूरपश्चिम आमनेसामने हुनेछन्। तीन खेल खेलेर एक पनि अंक नजोडेको जनकपुर आज जित निकाल्ने लक्ष्यमा छ। यो खेलमा पराजित भए प्लेअफ दौडबाट बाहिरिने खतरा छ। अर्कातिर, चारवटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ।








