Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बर ४ र ५ (मंसिर १९–२०) मा भारत भ्रमण गर्ने  भएका छन्। उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत आउँ लागेका हुन्। यस क्रममा दुई नेताबीच विश्वका महत्वपूर्ण मुद्दाहरूमा विस्तृत छलफल हुने जनाइएको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति पुटिन डिसेम्बर ४–५, २०२५ मा भारतको भ्रमण गर्नुहुनेछ। उहाँले २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागिता जनाउनु हुनेछ।”

भ्रमणका क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको छ। यस भेटले भारत–रूस सम्बन्धको समीक्षा गर्ने र दुवै देशबीचको रणनीतिक साझेदारी थप मजबुत बनाउन महत्वपूर्ण अवसर प्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

राष्ट्रपति पुटिनको पछिल्लो भारत भ्रमण डिसेम्बर २०२१ मा भएको थियो। त्यसपछि २०२२ फेब्रुअरीमा युक्रेन युद्ध सुरु भएयता उनले भारतको भ्रमण गरेका छैनन्। सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा पनि पुटिन उपस्थित भएका थिएनन्।

 

 

तपाईको प्रतिक्रिया