Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले दलका शीर्ष नेताहरु केपी शर्मा ओली, शेर बहादुर देउवा र प्रचण्ड संग छलफल गर्ने तयारी गरिरहेकी छिन्। उनको सचिवालयका अनुसार प्रधानमन्त्रीले शीर्ष नेताहरुसँग छिट्टै संवाद गर्ने योजना बनाइरहेकी छिन्।

कार्कीले प्रधानमन्त्रीमा नियुक्त भएको बखतदेखि नै राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएर बैठक गरिरहेकी छिन्। उनले पहिले दुईपटक बालुवाटारमा दलका प्रतिनिधिलाई भेटेकी थिइन्।

यसअघि, उनले दोस्रो तहका नेताहरुसँग अनौपचारिक संवाद गर्दा ती नेताहरुले चुनावमा सहभागी हुने बताएका थिए। अब, कार्कीले शीर्ष नेताहरुलाई बोलाएर निर्वाचनको तयारीमा सक्रिय भूमिका खेल्न आग्रह गर्ने तयारी गरेकी छिन्।

तपाईको प्रतिक्रिया