Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको टोकियोस्थित इडोगावा वार्डमा बुधबार दिउँसो एक अपरिचित व्यक्तिले हथौडा प्रहार गर्दा दुई महिला घाइते भएका छन् । सान्केइ शिम्बुनले जनाएअनुसार, घटना दिउँसो करिब ५:३० बजे भएको हो ।

पीडितहरूमध्ये एक ७० वर्षीया र अर्की ५० वर्षीया महिला रहेका छन्, जो आफ्ना आफन्तको घरमा पाहुना गएका थिए । प्रहरीका अनुसार, घरको इन्टरकम बजेपछि वृद्ध महिलाले ढोका खोल्नेबित्तिकै एक व्यक्ति जबर्जस्ती भित्र पसेर उनको टाउको र काँधमा हथौडाले पटक-पटक प्रहार गरेको थियो ।

चहलपहल सुनेर अर्की महिला बाहिर निस्कँदा उनीमाथि पनि आक्रमणकारीले हमला गरेका थिए । आक्रमणकारी भागेपछि दुवै घाइते महिलालाई तत्काल अस्पताल लगिएको थियो । प्रहरीले उनीहरूको अवस्था खतरामुक्त रहेको जानकारी दिएको छ ।

उक्त घरमा एक २० वर्षीया युवती आफ्नो परिवारसँग बस्दै आएकी र पीडितहरू उनका आफन्त थिए । घटना हुँदा ती युवती घरको दोस्रो तलामा थिइन् । चिच्याएको सुनेर उनी तल ओर्लिंदा आक्रमणकारी भागिसकेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया