Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन्। गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध टिप्पणी गरेको भन्दै बुधबार कडायतले काठमाडौंको विशालनगरमा चियागफ गरिरहेको बेला उनलाई छुट्टै लगेर हेल्मेटले आक्रमण गरेका हुन्।

गैरेका अनुसार कडायतले सामाजिक सञ्जालमा पोष्टको विषयमा प्रश्न गरेपछि आफूले स्पष्टीकरण माग्दा आक्रमण भएको हो। उनले घटनाको उजुरी प्रहरीमा दिएका छन्। साथै, कुटपिटको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। गैरेले न्याय नपाए पार्टी कार्यालयमा पासो लगाउने चेतावनी दिएका छन्। दोषीलाई नबचाउन आग्रह गर्दै उनले राजनीतिक दबाबमा आक्रमणकारीलाई उन्मुक्ति नदिन अपील गरेका छन्।

गैरेले १८ वर्ष पार्टीमा योगदान दिएको उल्लेख गर्दै राप्रपामा आफूले सबै गुमाएको र अहिले पनि ज्यान गुमाउनु परे आपत्ति नभएको बताएका छन्। अध्यक्ष लिङ्देनलाई “चाकरी गर्नेलाई मात्र कार्यकर्ता मान्ने” आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया