Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक नेता रेशम चौधरी पक्षधरले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पद र साधारण सदस्यताबाट हटाएका छन्। बुधबार काठमाडौंमा बसेको नाउपाको राष्ट्रिय भेलाले निर्वाचन तथा अनुशासन आयोगको निर्णयका आधारमा उनीविरुद्ध कारबाही गरेको हो।

भेलामा २१ मध्ये १२ जना केन्द्रीय सदस्य उपस्थित थिए। भेलाले बैठक नबोलाउने, स्पष्टीकरण नदिने, कार्यवाहक अध्यक्ष तोक्ने, पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिने र पार्टीको विधिविधान उल्लङ्घन गर्ने लगायत पाँच कारण देखाएर अध्यक्ष चौधरीलाई पदमुक्त गरेको हो।

तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक, पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य छन्। सुनिता हाल आर्थिक अनियमितता आरोपमा कञ्चनपुरमा थुनामा छिन्। यसअघि आइतबार बहुमत केन्द्रीय सदस्यले चौधरीलाई २४ घण्टे स्पष्टीकरण मागेका थिए तर उनले बुझाइनन्। शनिबार उनले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि विवाद चर्किएको थियो। विपक्षीहरूले संस्थापक सदस्य नभएका व्यक्तिलाई कार्यवाहक बनाउन नमिल्ने दाबी गरेका छन्।

अध्यक्ष चौधरीका पक्षधरले भने भेलाको निर्णय अवैध भएको र कानूनी चुनौती दिइने बताएका छन्।

 
 

तपाईको प्रतिक्रिया