Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित गरिएको छ।

उक्त सम्मान अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा प्रदान गरिएको हो। सम्मानपछि शाहीले कर्णाली र जुम्लीका जनताका साथै देश–विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति आभार व्यक्त गरेका छन्। उनले भने, “ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसा र सम्पूर्ण नेपालीको विश्वासको प्रतिफल हो। म यो सम्मान उहाँहरूलाई समर्पित गर्दछु।”

शाहीको विश्वास छ कि यस्तो अवार्डले समाजमा राम्रो काम गर्न प्रेरणा दिनेछ र नेपालीहरूबीच एकताको भावना अझ बलियो बनाउनेछ।

तपाईको प्रतिक्रिया