Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको शिगा प्रिफेक्चरस्थित हिनो शहरमा एक ७१ वर्षीय वृद्धलाई हत्या प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिमाथि आफ्नो अपार्टमेन्टको बाल्कोनीबाट तल रहेका दुई जनामाथि ठूलो ढुङ्गा फालेको अभियोग लगाइएको छ ।

प्रहरीका अनुसार, शोजी किकुची नामक ती वृद्धले जुलाई ५ को बिहान करिब ६:१५ बजे आफ्नो चौथो तल्लाको अपार्टमेन्टको बाल्कोनीबाट ढुङ्गा फालेका थिए । प्रहरीले जनाएअनुसार, उनको निशानामा तल आफ्नो कार मर्मत गरिरहेका एक २४ वर्षीया महिला र ३३ वर्षीय पुरुष थिए । ढुङ्गाले ती दुई जनालाई नलागे पनि महिलाको कारमाथि बजारिएको थियो, जसका कारण कारको पछाडिको सिसा फुटेको छ ।

यसअघि किकुचीलाई जुलाई ९ मा अर्को एक घटनामा पक्राउ गरिएको थियो । उनले आफ्नो अपार्टमेन्ट भवनमा बस्ने एक महिलाको मोटरसाइकलको लाइसेन्स प्लेट बंग्याइदिएका थिए । प्रहरीसँगको बयानमा उनले ‘मोटरसाइकल पार्क गरेको तरिका मन नपरेकाले’ त्यसो गरेको बताएका थिए ।

सोही सोधपुछका क्रममा उनले जुलाई ५ मा ढुङ्गा फालेको घटना पनि स्वीकार गरेका छन्, तर उनले कसैको हत्या गर्ने मनसाय भने नभएको दाबी गरेका छन् । उनले प्रहरीलाई भने, ‘म बाल्कोनीमा गमला यताउता सार्दै थिएँ, त्यही क्रममा झुक्किएर ढुङ्गा वा माटोको डल्लो तल खस्यो, तर मेरो मनसाय कसैको हत्या गर्ने वा कारलाई क्षति पुर्याउने थिएन ।’

तपाईको प्रतिक्रिया