Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – इरानको जेलमा थुनामा परेका पाँच नेपाली नागरिक स्वदेश फर्किएका छन्। उनीहरूलाई इरानी अदालतले थुनामुक्त गरेपछि तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को सहयोगमा नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

यसअघि पनि भारत सरकारको सहयोगमा भारतीय विमान सेवाको उडानमार्फत नौ जना नेपालीलाई तीन चरणमा उद्धार गरी फर्काइएको थियो।

इसराइल र इरानबीच २०२५ जुन १३ मा सुरु भएको द्वन्द्व २३ जुनमा युद्धविरामपछि शान्तिसुरक्षा अवस्था केही सहज भएपछि नेपालीलाई फिर्ता ल्याउन सम्भव भएको मन्त्रालयले जनाएको छ।

सरकारले यस उद्धार प्रक्रियामा सहयोग पुर्‍याउने सबै निकायप्रति आभार प्रकट गरेको छ।

 

 

तपाईको प्रतिक्रिया