समाचार सुन्नुहोस :
काठमाडौँ – ‘उज्यालो नेपाल’ अभियान लिएर कुलमान घिसिङ अमेरिका गएका छन्। केही समयअघि मात्र मध्यपूर्वको भ्रमण सकेर नेपाल फर्किएका उनी अब पश्चिमी देशको भ्रमणमा निस्किएका हुन्।
घिसिङ बिहीबार अमेरिकातर्फ प्रस्थान गरेका हुन्। उनी अमेरिका बसेपछि बेलायत, बेल्जियम र अन्य युरोपेली देशहरू पनि भ्रमण गर्नेछन्। उनको यो भ्रमण १५ दिनको हुनेछ र भदौ १० गते नेपाल फर्किने कार्यक्रम छ।
यो अभियानलाई धेरैले घिसिङको संभावित राजनीतिक यात्रा सुरुवातको संकेतका रूपमा हेरेका छन्।








