समाचार सुन्नुहोस :
काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शुक्रबार) बिहान ९ बजे आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन्।
उक्त बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू पनि रहनेछन्। पछिल्लो समय कांग्रेसभित्रै सरकारप्रति असन्तुष्टि बढिरहेका बेला देउवाले यस्तो बैठक राखेका हुन्। पार्टीका अन्य नेताहरू सरकारको कामकारबाहीप्रति खुलेर आलोचना गरिरहेका छन्। तर देउवा भने सरकारप्रति केही नरम देखिएका छन्।
यता, नेता शेखर कोइरालाले भने वर्तमान सरकारको विकल्प खोज्न विपक्षी दलहरूसँग पनि छलफल अघि बढाएका छन्।
प्रकाशित मिति: शुक्रबार साउन ९, २०८२
प्रकाशित समय: १०:४८:३२








