Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जर्मनीपछि फ्रान्स पुगेका छन् । आइतबारदेखि उनी युरोपको अर्को विशाल अर्थतन्त्र फ्रान्समा पुगेका हुन् । उनले पेरिसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँग भेटवार्ता हुने अपेक्षा गरिएको छ ।

जेलेन्स्कीको सप्ताहन्तको कूटनीतिक भ्रमण रेक्जाभिकमा इयूको शिखर सम्मेलन र जापानमा जी-७ नेताहरूको जमघटको पूर्व सन्ध्यामा हुन लागेको हो । जेलेन्स्कीले रूसविरुद्धको आफ्नो देशको लडाइँमा जर्मनीलाई ‘सच्चा मित्र’ को संज्ञा दिएका थिए । राष्ट्रपति जेलेन्स्कीको भ्रमणका क्रममा बर्लिनले कीएभका लागि २.७ अर्ब युरो (तीन अर्ब अमेरिकी डलर) बराबरको नयाँ सैन्य प्याकेज सार्वजनिक गरेको छ, जुन युक्रेनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पछिल्लो एक हप्तामा जर्मन चान्सलर ओलाफ स्कोल्ज, जर्मन समकक्षी फ्रान्क वाल्टर स्टेनमियरका साथै रोममा इटालियन नेता र पोप फ्रान्सिससँग भेटवार्ता गरेका थिए । बर्लिनमा उनले चान्सलर ओलाफ स्कोल्जलाई हतियार प्याकेजको रूपमा जर्मनीको ‘शक्तिशाली समर्थन’ का लागि धन्यवाद दिँदै भने, ‘यो सुरक्षा प्याकेजमा भएका सबै कुराले हाम्रो प्रतिरक्षालाई उल्लेखनीय रूपमा बलियो बनाउनेछ ।’

तपाईको प्रतिक्रिया